साउन १९
गुल्मीको सत्यवती गाउँपालिकाका बाढि पहिरो पीडितहरुलाई छिमेकमा रहेको चन्द्रकोट गाउँपालिकाले
झण्डै साढे ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
चन्द्रकोट गाउँपालिका र त्यस मातहतका सबै संघ संस्था र कल्वहरुबाट संकलन भएको कुल ६ लाख २० हजार ७ सय ५५ रुपैयाँ
हिजो पहिरो प्रभाबित ठुलोलुम्पेक पुगेर चन्द्रकोट गाउँपालिकाले सत्यवती गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
छिमेकीहरुलाई चोट लाग्दा आफुहरुलाई पनि दुखाई हुने भन्दै चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्रीले सत्यवती गाउँपालिका अध्यक्ष
पारिश्वर ढकाललाई उक्त रकम हस्तान्तरण गर्नु भएको थियो ।
अध्यक्ष द्रोण खत्रीले बाढी पहिरो पीडितहरुलाई नयाँ भुगोलमा स्थान्तरण गर्नु पर्ने अवस्था रहेकोले पुन स्थापनाको लागि चन्द्रकोट गाउँपालिका
सहयोग गर्न तयार रहेको बताउनु भयो ।
गाउँपालिका प्रमुख ढकलले विपद्मा सहयोग गरेको प्रति चन्द्रकोट गाउँपालिका र त्यहाँका सबै संघ संस्थाहरु प्रति आभार
प्रकट गर्नु भएको थियो ।
चन्द्रकोट गाउँपलिका प्रमुख खत्रीका अनुसार चन्द्रकोट भित्रका शैक्षिक संघ संस्थाहरु , गुल्मी उद्योग वाणिज्य संघ शान्तिपुर शाखा,
वनउपभोक्ता समिति , सहकारी संस्थाहरु , विभिन्न क्लव, आमा समुह वित्तिय संघ संस्था सबैको पहलमा उक्त रकम सत्यवती गाउँपालिकालाई
सहयोग गर्न सकिएको हो ।