सिता बराल
साउन २० बुटवल ।
आमा बन्नेहरुले विभिन्न प्रकारका समस्या झेल्नुपर्ने हुन्छ । शिशुको हेरबिचार, स्तनपान, सरसफाई, स्वास्थ्यलगायतका विभिन्न कुराहरु
आमाको जीवनमा पहिलो पटक आउने गर्दछ ।
आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ। शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ गरिने स्याहार र
आहारमा भर पर्छ। बिषेशगरी स्तनपान सबैभन्दा बढी महत्वपूर्ण कुरा हो । आमाको दूध बच्चाको लागि अमृत समान हो ।
स्तनपान आमा र बच्चा दुबैका लागि विभिन्न कारणसहित लाभदायक हुन्छ नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्युन हुन्छ। आमाको दुधमा
ल्याक्टोफोर्मिन, कार्बोहाइड्रेट, मिनरल्स, हर्मोन्स, एन्टिबायोटिक्स तथा लिम्फोसाइट्स पाइन्छ जसले बच्चामा रोग प्रतिरोधक क्षमता बढाउँछ।
त्यसैले जन्मेदेखि नै आमाको पोसिलो दुध बच्चालाइ खुवाउनुपर्छ बताउनुहुन्छ स्त्री रोग बिशेषज्ञ डा।बबीता थापा आमाको दुधमा बच्चाका लागि
आवश्यक पौष्टिक तत्व पाइने गर्दछ बजारमा पाइने खाद्य पदार्थको तुलनामा आमाको दुध पचाउन सजिलो हुन्छ र यसमा रोग प्रतिरोधी क्षमता पनि
हुन्छ जसले तपाईंको बच्चाको प्रतिरक्षा प्रणालीको निर्माण गरेर यसलाई सुदृढ गर्न सहयोगी भूमिका खेल्ने डा. थापा बताउनु हुन्छ ।
त्यसैले स्तनपान गराउने आमाले थुप्रै कुरामा ध्यान पुर्याउनुपर्छ। आमाको दूध बच्चाको लागी पहिलो प्राकृतिक तथा उत्तम खाना हो । वर्तमान र
भविष्यमा बच्चाको स्वास्थ्य स्थिति कस्तो हुने भन्ने कुराको निर्धारण स्तनपान सही रूपमा गराइएको छ वा छैन भन्ने कुराले गर्छ ।
त्यसैले भनिन्छ, स्तनपान बच्चाको लागी अमृत समान हो र यो जीवनको आधार पनि हो उहा भन्नुहुन्छ ।
जन्मेको एक घण्टा देखि छ महिना सम्म बच्चालाई अरू कुनै खाने र पिउने कुरा पनि नदिई आमाको दुधमात्र खुवाउनु नै पूर्ण स्तनपान गराउनु पर्छ ।
पूर्ण स्तनपान गराएमा बच्चालाई ६ महिनासम्म वृद्धि विकासका लागी चाहिने सम्पूर्ण पौष्टिक तत्त्व तथा शक्ति आमाको दूध बाट मिल्ने हुँदा
६ महिना पछि मात्र थप आहारको आवश्यकता पर्छ ।
बच्चालाई जन्मेको एक घण्टा भित्रनै आमाको दूध खुवाउन सुरु गर्नुपर्छ । सुरुका केही दिनसम्म आउने विगौती दूधमा रोगसँग लड्न सक्ने गुण
हुने भएकाले यसले बच्चालाई धेरै रोगहरूबाट जस्तै निमोनिया, डायरीया, आज्मा, एलर्जी, आँखा–कान तथा अन्य गम्भीर सङ्क्रमण बचाउँछ ।
यस कारण आमाको बिगौती दूध बच्चाको लागी पहिलो खोप भएको स्त्री रोग बिशेषज्ञ डा. थापाले बताउनुहुन्छ ।
उहाको भनाइ अनुसार गाउँघरका महिला घरायसी कामकाज तथा घाँस दाउरा र मजदुरी गर्नुपर्ने भएकाले बच्चालाई पूर्ण स्तनपान गराउन सकिरहेका
छैनन् भने पढेलेखेका सहरका महिलाहरू पनि व्यापार, जागिर तथा अफिसमा व्यस्त हुँदा पूर्ण स्तनपान बाट बच्चाहरू वञ्चित भएको अवस्थाछ ।
डा. थापा बताउनुहुन्छ पूर्ण स्तनपानका कारण आमालाई हुने फाइदाहरू
१। स्तनपान प्रक्रियाले आमाको शरीरमा अक्सिटोसिन हर्मोनको उत्पादनमा बढावा दिन्छ जुन हर्मोनले पाठेघरलाई समयमानै खुम्चन मदत गरी
सुत्केरी पश्चात् हुने रक्तस्राव कम गर्छ ।
२ स्तन क्यान्सर र ओभरीयन डिम्वाशय क्यान्सरलाई कम गर्छ ।
३।पूर्ण स्तनपानले आमाको महिनावारी चक्रमा ढिला गराई प्राकृतिक परिवार नियोजनको काम पनि गर्छ ।
४।आमालाई प्रसूति पश्चात् हुनसक्ने डिप्रेसनहुनबाट बचाउँछ ।
५। गर्भावस्थामा बढेको आमाको तौल घटाउन मदत गर्छ ।
६।आमालाई प्रसूति पश्चात् हुनसक्ने डिप्रेसनहुनबाट बचाउँछ ।
उहा बताउनुहुन्छ पूर्ण स्तनपानका कारण बच्चालाई हुने फाइदाहरू
१। बच्चाले प्रयाप्तमात्रामा पौष्टिक तत्त्व, भिटामिन, मिनिरल र इनर्जि प्राप्त गर्छ
२। बच्चाको शारीरिक वृद्धि र मानसिक विकास राम्रोसँग हुन्छ ।
३। बच्चालाई धेरै रोगहरू ९निमोनिया, डायरीया, आज्मा, एलर्जी, आँखा–कान तथा अन्य गम्भीर सङ्क्रमण बाट बचाउँछ ।
४। बच्चाको पेट सफा गर्नुको साथै कमलपित्तबाट जोगाउँछ ।
५। आन्द्राहरूलाई बलियो बनाउनका साथै आमाशय र आन्द्राको सङ्क्रमण हुनबाट बचाउँछ ।
६ ।आमा र बच्चाको माया ममता बढ्छ
स्तनपानमा आमाले ख्याल गर्नैपर्ने केहि कुरा छन् ।
१ । आमाको दुध नै बच्चाको सम्पूर्ण आहार भएकाले आमाले पनि पोषिलो, सन्तुलित खानेकुरा खानुपर्छ
२। झोलयुक्त पदार्थ, ताजा फलफूल सेवन गर्नुपर्छ ।
३ ।मदिरा वा धेरै पिरो अमिलो खानेकुरा सेवन गर्नु हुँदैन ।
स्तनपानको क्रममा गरिने सानातिना गल्तीले बच्चाको स्वास्थ्यमा असर गर्न सक्छ । स्तनपानको सही जानकारी नहुँदा शिशु कुनै इन्फेक्सनको
शिकार बन्न सक्छ ।, आमाको स्वास्थ्यमा पनि कुनै प्रकारको नकारात्मक असर पार्नसक्छ ।
१ कसिलो ब्रा नलगाउने
स्तनपान गराउने महिलाहरुले कहिले पनि कसिलो ब्रा लगाउनु हुँदैन । किनकी स्तनपानको दौरानमा तपाईंको स्तन अरु बेलाको तुलनामा
अत्यधिक संवेदनशील हुन्छ । केही बेर कसिलो ब्रा लगाउँदा पनि स्तनमा धर्साहरु देखिन सक्छन् । स्तनपान गराउने आमाहरुका लागि नर्सरी ब्रा पाइन्छ । यसका अगाडिको बटन खोलेर आफ्नो शिशुलाई स्तनपान गराउन सकिन्छ ।
२ दुधको मुन्टो सफा राख्ने
कतिपय महिलाहरु आफ्नो शिशुलाई जहाँ पनि र जति बेला पनि दुख खुवाइदिन्छन् । जबकि दुध खुवाउनुभन्दा अगाडि निप्पललाई राम्रोसँग मन तातो पानी, कटन वा टिस्यूले सफा गर्नुपर्ने हुन्छ । हातहरु जस्तै निप्पल र स्तन पनि फोहोर हुन्छन् । जसरी तपाईं खाना खानुभन्दा अगाडि हात धुनुहुन्छ, त्यसैगरी शिशुलाई दुध खुवाउनुभन्दा अगाडि निप्पल सफा गर्नुपर्छ ।
३ मालिस गर्ने
स्तनपान गराउँदा अक्सर महिलाहरुलाई स्तनमा गाँठागुठी निस्किने समस्या हुन्छ । यसको समाधानका लागि दैनिक स्तनको मसाज गर्नुपर्छ । यसबाट स्तनमा रक्तसञ्चार तीव्र हुन्छ जसले गर्दा दुधको गाँठो बन्न पाउँदैनन ।
४ स्तनमा साबुन नलगाउने
स्तनपान गराउने महिलाहरुले नुहाँउदा कहिले पनि स्तनमा साबुन दल्नु हुँदैन । किनकि साबनुमा हुने केमिकलले तपाईंको निप्पललाई कठोर र सुख्खा बनाउन सक्छ । केवल तातोपानीले स्तनलाई सफा गर्नु राम्रो हुन्छ ।
५ स्तनमा गाँठोको कारण
कहिलेकाहीँ स्तनपानका दौरान स्तनमा गाँठा निस्किन्छ । दुध स्तनको कुनै भागमा जम्मा हुँदा यस्तो हुन्छ । पछि गएर यसले ठूलो रुप लिन पनि सक्छ । त्यसैले डाक्टरलाई जँचाउनु राम्रो हुन्छ ।
८ स्वस्थ खानेकुरा खानुपर्छ
स्तनपान गराउने महिलाहरुले स्वस्थ खानेकुरामा बढिभन्दा बढि सेवन गर्नुपर्छ । किनकी आमाले खाएको खानेकुरा दूध बनेर बच्चासम्म पुग्छ ।
बच्चालाइ आमाले स्तनपान गराउदा निम्न किसिमबाट स्तनपान गराउनुपर्ने डा । थापा बताउनुहुन्छ
१ दूध खुवाउँदा आमा ठाडो गरि कुर्ची वा खाटमा बस्ने र बच्चालाई आफूपट्टि फर्काएर आमाको पाखुराले बच्चाको टाउकोलाई आड दिएर राख्नुपर्छ।
२बच्चाको टाउकाको पछाडि कानभन्दा अलि तल आमाको हात राखेर बच्चालाइ कार्डल होल्ड पोजिसनमा जस्तै राखी आफूतर्फ फर्काएर स्तनपान गराइन्छ।
३ आमा ठाडो आसनमा बसिे बच्चालाइ जुन दुध खुवाउने हो त्यही साइडको पाखुरामुनि च्यापेर बच्चाको टाउको आफूपट्टि र खुट्टा आफ्नो पछाडिपट्टि फर्काएर स्तनपान गराइन्छ।
३ आमा आधा ढल्किएर बच्चालाई आफ्नो पेट वा पाखुराको आड दिएर स्तनपान गराइन्छ आमा बच्चातर्फ पल्टिएर आफ्नो हात बच्चाको टाउकोमा र पाखुराको तल्लो भागले बच्चालाइ आफूतर्फ फर्काएर स्तनपान गराइन्छ। यसरी बस्दा आमालाइ पछाडिबाट तकिया वा अन्य केहीको सपोर्ट दिनुपर्दछ।
विगत १० वर्षको तुलनामा हाल स्तनपान गराउनको संख्या दिनप्रतिदिन घटिरहेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।स्तनपानमैत्री कार्यालय नहुनु, फेसनमा बोतलबाट दूधपान बोतल फिडिङ गराउनु तथा उचित परामर्शको अभावमा शहरी तथा कामकाजी आमाहरूले स्तनपान कम गराउने गरेको अध्ययनहरुले देखाएको छ ।