साउन २०
बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको कृत्रिम तुरतुरे ताल फुटेर आएको बाडीले बाटो बगाउदा
बागलुङ बुर्तिवाङ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
तालको नजिकै बडिगाड खोलाले मध्यपहाडि लोकमार्गको झण्डै २ सय मिटर भाग वगाएको छ । बाटो बगाउदा बागलुङ बुर्तिवाङ सडक
पूर्ण रुपमा अवरुद्ध भएको हो ।
बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको कृत्रिम तुरतुरे ताल, गए राती साढे २ बजे तिर तालको केहिभाग
फुटेपछि तटिय क्षेत्रका बासिन्दा त्रसित भएका थिए ।
अहिले सम्म झण्डै ८० प्रतिशत भाग फुटेको अनुमान गरिएको छ । आइतवार साँझ ५ बजेतिरबाट परेको पानी अहिले पनि रोकिएको छैन ।
तालको सतह को धेरै भाग घटेको छ ।
बाडी अहिले गुल्मीको मजुवा, उल्ली खोलामा बढेको रुरु एफ एमका प्रतिनिधि सुरेस थापाले बताउनु भयो । बडिगाडको पानिको सतह बिस्तारै
घट्दै गएको छ ।
सोहि तालको नजिकै बडिगाड खोलाले मध्यपहाडि लोकमार्गको झण्डै २ सय मिटर भाग वगाएको छ । सो संगै बागलुङ बुर्तिवाङ सडक पूर्ण रुपमा
अवरुद्ध भएको छ ।
गत वर्ष बडिगाड गाउँपालिकाको वडा नं. ७ को तुरतुरे भन्ने स्थानमा ठूलो पहिरो जाँदा वडिगाड खोलालाई ७ घण्टा थुनेर ताल बनाएको थियो ।
बडिगाडको बडीको जोखिम बिस्तारै कम हुदै गएको छ ।