श्रावण २१
मनसुनी न्यूनचापीय रेखा मनसुनी समयमा वर्षा गराउने प्रणाली नेपालतर्फ सरेकाले अब केही दिन
मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको केहि स्थानमा मेघ गर्जन चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखालेअबको तीनदिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
मनसुनी न्युनचापीय रेखा औसतको ठाउँभन्दा केही उत्तरतर्फ नेपालतर्फ सरेकाले अबको तीन दिन पानी पर्ने सम्भावना भएको
मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
आज दिउँसो देशको पश्चिमी भु-भागमा सामान्य बदलीका साथै पुर्वी तथा मध्य भु-भागमा सामान्य बदली रही देशको केहि स्थानहरुमा
मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले आज जारी गरेको सुचनामा जनाइएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण २१ गते मंगलबार
दिउँसो देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै पुर्वी तथा मध्य भु-भागमा आंसिक देखिन सामान्य बदली रही देशको केहि स्थानहरुमा
मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । साथै पुर्वी क्षेत्रका एक दुई स्थानमा
भारी वर्षाको समेत सम्भावना रहेको छ ।
श्रावण २२ गते बुधबार
दिउँसोस् देशभर आंसिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राती देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
श्रावण २३ गते बिहिबार
दिउँसोस् देशभर आंसिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ।