साउन २१
नेपाली हाँस्य सिरियल भद्रगोलको प्रशारण अहिले बन्द भएको छ ।
टेलिभिजन र युटुब मार्फत धेरै दर्शकले हेर्ने गरेको यो हाँस्य सिरियल साउन लागे देखि नै बन्द भएर प्रशारण भएको छैन ।
आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग
सम्झौता नविकरण गर्नुपर्ने हुन्छ ।
त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं ।
मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।’
यो सिरियल रोकिएपछि टिमले दर्शकको गाली पाइरहेको छ । गाली पनि गुनासो र मायाको लागि भएको दीपकको तर्क छ ।
अहिले ‘भद्रगोल’को कुनै पनि श्रृङ्खला छायांकन भएको छैन । संझौता भएपछि मात्र नयाँ भाग छायांकन गर्ने दीपकको भनाई छ ।