साउन २१
नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव विष्णुप्रसाद पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमको
रकम शिक्षा क्षेत्रको पूर्वाधार बिकासमा लगाउने बताउनु भएको छ ।
बुटवल उपमहानगरपालिका १० स्थित बुटवल कालिका क्याम्पसको नयाँ बन्न लागेको भवनको आज शिलन्यास गर्दै
यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य पौडेलले आफुले निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमबाट प्राप्त गर्ने रकम यस बर्ष
शिक्षा क्षेत्रको पूर्वाधार बिकासमा खर्च गर्ने बताउनु भएको हो ।
उहाले कालिका मानव ज्ञान माध्यमिक बिद्यालयले राष्टिय स्तरमा पहिचान बनाइरहेका बेला बुटवल कालिका क्याम्पसले पनि
प्रारम्भमा नै राम्रो छनक दिएको बताउनु भयो ।
उहाले भन्नुभयो कालिका मानव ज्ञानले राष्टिय पहिचान बनाई सकेको छ त्यसैगरी यो बुटवल कालिका क्याम्पसले पनि छोटो
समयमा राम्रो नतिजा ल्याएर छनक दिईसकेको छ यसले पनि राष्टियस्तरको पहिचान बनाउने छ ।
उहाले क्याम्पस भवनको निर्माणका लागि आफुले गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवलको शैक्षिक बिकासका लागि प्रदेश सरकारले
आवश्यक बजेटको व्यवस्था गरेको र भवन निर्माणमा पनि आवश्यक परे सहयोग गर्ने बताउनु भयो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष रामचन्द्र क्षेत्रीको सभापतित्व र क्याम्पस प्रमुख घनश्याम पाठकको सञ्चालनमा भएको भवन
शिलान्यास कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष अर्जुनमान सैजु
लगायतले बोल्नु भएको थियो ।
बुटवलको रामनगर स्थित कालिका मानव ज्ञान माध्यमिक बिद्यालय संगै करिब २० करोडको लागतमा क्याम्पसको भवन बन्ने छ ।
१८ महिनामा भवनको निर्माण पुरा गर्ने लक्ष्य रहेको छ ।