सुरेश छन्त्याल
साउन २१
बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीको रमुवा हुँदै बडिगाड गाउँपालिकाको खोलाखर्क जोर्ने मोटरबाटो पहिरोले अवरुद्ध बनेको छ ।
अस्ति अविरल वर्षाका कारण पाण्डबखानीको रमुवा हुँदै खोलाखर्क जोर्ने मोटरबाटो हुल्से भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले बाटो अवरुद्ध हुदा यात्रुहरुलाइ यात्रा गर्न निकै सास्ती भएको छ ।
पहिरो अन्दाजी २० मिटर तल खसेको पाण्डबखानी माविका निमित्त प्र.अ. नन्द पुनले जानकारी दिनुभएको छ।
त्यस्तै गलकोट नगरपालिका ७ मल्म हुँदै गलकोट नगरपालिका १० पाण्डबखानीको सोरमने,पुर्से र सुनपानीको बाटो विच विच र विभिन्न स्थानमा साना तथा ठुला पहिरोले जादा जोखिमपुर्ण यात्रा गर्नु परेको यात्रु तथा सवारी चालकहरु बताउँछन् ।
त्यस्तै मोटर बाटो मर्मत गर्नका लागि भनेर रकम आउछ। तर बाटो मर्मत हुदैना त्यो रकम कहाँ जान्छ हामीलाई थाहनै हुदैना स्थानीयहरुको भनाइ रहेको छ।
विशेषगरी त मुख्य नाका मल्ममा नै बाटो मर्मत भएको छैन मल्मका बासिन्दा हरुले साचो दिएर बाटो मर्मत गर्न साथ यात्रा गर्न सहज हुने दिप घर्तिले बताउनु भयो।
मल्मको बाटो मर्मत हुन साथ पाण्डबखानीमा ट्याक्सी,बस समेत आउन सक्ने घर्तिको भनाइ रहेको सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनुभएको छ।