साउन २२
रिब्दिकोट गाँउपालिका पाल्पाको वडा नम्बर ७ मैनादिलाई मदिरा निशेधित क्षेत्र घोषणा गरिएको छ ।
हिजो स्थानिय र सरोकारवाला हरुको भेलाले, एक कार्यक्रमका बिच साबिकको १,२,३ र ४ नम्बर वडालाई
पुर्णरुपमा मदिरा निशेधित क्षेत्र घोषणा गरिएको हो ।
सामुदाईक प्रहरि र ईलाका प्रहरि कार्यालय मुझुङ्गको आयोजनामा वडा नम्बर ७ मैनादिलाई मदिरा निशेधित क्षेत्र
घोषणा गरिएको हो ।
आगामी भदौ १ गते बाट निषेधित क्षेत्रमा लागुऔषध तथा मदिरा उत्पादन बिक्री बितरण र सेवन गर्न पाईने छैन ।
घोषणा कार्यक्रममा समाजसेबी डुल बहादुर कँुवर प्रमुख अतिथी हुनु हुन्थ्यो, प्रमुख अतिथी कँुवरले मदिरा उत्पादन
बिक्री बितरण र सेवन गर्न छोडेर ब्यवसायिक रुपमा तरकारी र फलफुल उत्पादमा लाग्न अनुरोध गर्दै, मैनादी क्षेत्र
कृषि बालिबिज्ञान र जे टि ए उत्पादन गर्ने क्षेत्र भएकोले पनि यो घोषण उपयुक्त र औचित्यपुर्ण रहेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का वडा अध्यक्ष निल बहादुर रास्कोटीले गर्नु भएको थियो । वडा सदस्य
उमेर बहादुर कँुवरले कार्यक्रमा स्वागत गर्दै घोषणा कार्यक्रमको बारेमा बताउनु भएको थियो ।
समाजसेबी ईन्द्र बहादुर कँुवर, ईप्रका प्रमुख लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
घोषण कार्यक्रममा स्थानिय, आमा समुह, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम शिक्षक जनक आचार्यले संचालन गर्नु भएको थियो ।