साउन २२
बुटवल उपमहानगरपालिका वडा नम्बर २ को नव निर्मित वडा कार्यालय भवनको आज बिहान उदघाटन गर्दै,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले बुटवलमा रहेको कोदाले र बिटौरी जग्गाको
समस्या समाधानका लागि काम अगाडि बढिसकेको र केही समयमा नै समाधान हुने बताउनु भयो ।
महासचिव बिष्णु पौडेलले सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्नेगरी
काम भइरहेको बताउनु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर २ को नव निर्मित वडा कार्यालय भवनको आज बिहान उदघाटन गर्दै उहाले
सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या सधै रही नरहोस भनी दीर्घकालीन समाधान गर्ने गरी अहिले काम
भईरहेको बताउनु भयो ।
यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य समेत रहनु भएका महासचिव पौडेलले बुटवलमा रहेको कोदाले र बिटौरी जग्गाको
समस्या समाधानका लागि काम अगाडि बढिसकेको र केही समयमा नै समाधान हुने बताउनु भयो ।
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई व्यवस्थित बिकास गर्दै लैजान सके नेपालकै नमूना स्थान बन्ने बताउनु भयो ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलको विकासका लागि प्राथमिकताका आधारमा योजना छनौट गरि काम गरेको
बताउदै सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाह गरिएको दाबि गर्नुभयो।
कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, वडा अध्यक्ष रमेश नेपाल, सदस्य खगिसरा गुरुङ, समाजसेबि
महेश्वर प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।३ तले भवन एक करोड ४० लाख रुपैया लागतमा निर्माण भएको छ ।
महासचिब पौडेलले आजै वडा न २ मा करिव २० लाख रुपैयाको लागतमा निर्माण गरीने ज्येष्ठ नागरिक मिलन केन्द्रको
समेत शिलान्यास गनुभयो ।