राधा पोख्रेल,
गुल्मी ,साउन २२ –
गुल्मीको धुर्कोट गाउपालीकाको किरातेश्वर सिवालय मन्दिरमा आउदो भाद्र महिना देखि संस्कृत कर्माकाण्डको शुभारम्भ हुने भएको छ ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष हुमलाल भण्डारीले बुधबार एक कार्यक्रमका बिच स्थानिय संस्कृति संरक्षण एवम कर्माकाण्ड बचाउनका लागि यो कार्यक्रमको शुभारम्भ गर्न लागिएको जानकारी दिनुभएको छ ।
कार्यक्रममा रुरु धार्मिक सेवा सन्चार प्रालीका अध्यक्ष चुरामणि तिमिल्सीनाको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सीनाले नेपालमा सन्चालन भएको बिदेशि संस्था महर्षि फाउन्डेसनका बिषयमा जानकारी गराउनुभएको थियो ।
उहाँले महर्षि फाउन्डेसनलाई ल्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रम सचिव नन्दराम भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सरोकारवाला ,व्यवस्थापन समितिका पदाधिकारीहरु ,आजिवन सदस्य, स्थानिय , अभिभावकहरु लगायतको सहभागिता रहेको थियो ।