अर्घाखाँची,
साउन २२ –
अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वडा नम्बर दश अर्घामा निर्माणाधिन अर्घा–भगवती विमानस्थलको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
निर्माण हुन लागेको अर्घा–भगवती विमानस्थलको बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।
विमानस्थल निर्माणको पूर्व उप प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले रिबन काटेर शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य रायमाझी सहित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’, प्रदेश सभा सदस्य चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ,जिल्ला समन्वय समिति का उपप्रमुख ऋषि बहादुर पुलामी ,सन्धीखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल , प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर लगायत जनप्रतिनिधि राजनैतिक दल का प्रमुख ,स्थानीय लगाएतको उपस्थिति रहेको थियोे ।
पुष्पा जेभी कन्स्ट्रक्सनले विमानस्थल निर्माणको जिम्मा दिएको छ ।
लुम्बिनी अर्घाखाँची पुस्पा जेभी ले जिम्मा लिएको बिमानस्थल को runway च्यानेज ० + ३५० देखि ० + ८५० सम्म ५०० मि ४०देखि ७० मिटर को चौडाइ मा खन्ने र ११०० घ .मि जाली लगाउनु पर्ने उक्त विमान स्थल को सम्झौता पत्र मा उल्लेख गरिएको छ।
कुल ५,६९,६२,३३६.५२ भ्याट सहित रहेको छ।
५ करोड ६९ लाखको लागतमा विमानस्थलको रनवेको काम बुधबारदेखि सुरु गरिएको हो ।
बुधबारदेखि निर्माण कार्य सुरु भएको विमानस्थ ल २०७७ साल ७ महिना ५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने छ ।