साउन २४
रिब्दिकोट गाँउपालिका २ लघुवा पाल्पामा बुलेरोले ठक्कर दिदा मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् ।
दुर्घटनामा परि ईस्मा गाँउपालिका ५ का २७ बर्षिय केशब थापा र २२ बर्षका यम बहादुर थापा घाईते भएका हुन ।
घाईते दुबै जनालाई उपचारको लागि मिसन अस्पताल पल्पा पठाईएको छ ।
गुल्मीबाट बुटवल जादै गरेको लु ४२ प ३४४० ननम्बरको पल्सर मोटरसाईकल लाई बुटवल बाट पुर्तिघाट गुल्मी जादै गरेको,
लु १ च ९४६९ नम्बरको बुलेरो जिपले ठक्कर दिदा दुर्घटना भएको थियो ।
जिप र जिप चालक लाई प्रहरिले नियन्त्रणमा लिएको कृष्ण कडेलले बताउनु भएको छ ।
यस्तै
गुल्मीको सत्यवती गाउँपालिका वडा नंम्बर ६ खैरेनी बजारमा जिपले ठक्कर दिदा ३ बर्षकी बालिका घाइते भएकी छिन ।
लु १ ज ३३९१ नंम्बरको जिपले ठक्कर दिदा ३ बर्षकी बालिका आयुषी भण्डारी घाइते भएकि हुन ।
घाइते बालीकालाई जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको उपचार पछि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको
डा. शिला ढकालले जानकारी दिनुभयो ।