काठमाडौ ,
साउन २४ –
आज २५ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ।
समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्ने नाराका साथ आज २५ औँ विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा बिहान साढे १० बजे भृकुटीमन्डपबाट र्यालली निकालिँदैछ।
आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा देशैभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो।
विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको महासंघले जनाएको छ ।