चुरामणि तिमिल्सीना
गुल्मी ,
साउन २४ –
रुरु गाउँपालिका वाड न १ रिडि गुल्मीमा २५ औ आदिवासी जनजाति दिबस विविध कार्यक्रमका साथ मनाइएको छ ।
कार्यक्रममा जनजाति मन्च रिडिका अध्यक्ष सुबर्णलाल कक्षपतिको अध्यक्षता ,जिल्ला समन्वय समिति गुल्मिका उपप्रमुख तुल्सी श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा नेकपा गुल्मी जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ, पुर्ब गाबिस अध्यक्ष केसरमान बजिमय , रुरु गाउपालिका मगर सङ का अध्यक्ष रण बाहादुर राना , सप्तचन्डी महिला समुह अध्यक्ष धना राना , मगर सङ रिडिका अध्यक्ष नरेन्द्र रेस्मी नेवा जाती भासा पुच रिडि साखा उपाध्यक्ष जीवन कुमार कसजु , तमु समाज रिडिका अध्यक्ष सुरज गुरुङ सुरक्षा निकाय , पत्रकार, शिक्षा प्रेमी लगायतको उपस्थिति रहेको थियो ।
कमल थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले अब जनजाति हरु एक भएर लागेमा जनजातीका अधिकारहरु सुनिश्चीत हुने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले जनजातिको कार्यक्रम सफल पार्न गाउपालिकाले सहयोग नगरेको र कुनै पनि कार्यक्रम मा हौसला प्रदान नगरेको गुनासो गर्नुभएको थियो ।
आगामी दिबसमा गाउपालिकाले सहयोग गरेमा खाना महोत्सव गर्ने उहाले बताउनुर्भको थियो । कार्यक्रमको पुर्ब सन्ध्यामा रिडि बजारमा प्ले काड सहित र्याली निकालीएको थियो ।
कार्यक्रमको सन्चालन सचिब पदम थापाले गर्नुभएको थियो ।