अनिल खत्री
२४ साउन, गुल्मी
गुल्मीमा शुक्रवार साँझ भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा नम्बर ३ गौंडाकोटमा लु २ च ५४७५ नम्बरको जिप दुर्घटना हुँदा
अर्घाखाचिको छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षिय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताउनुभयो ।
दुर्घटनामा परेर घाइते भएका पाण्डेयलाई उपचारको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु ४ जनाको स्थानिय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ ।
दुर्घटनामा रेसुङगा नगरपालिका बिभिन्न ठाउँमा बस्दै आएका दिपक बिक, शेरबहादुर बिक, बोजेन्द्र र अर्घाखाँची घर भएका कृष्ण पाण्डेय रहेको छन् ।
घटना स्थलमा स्थानिय नेपाल प्रहरी, शसस्त्र प्रहरीले उद्धार गरेका थिए ।
दुर्घटनामा परेको जिप सडकबाट करिव २ सय मिटर तल खसेको छ ।
शुक्रवार बिहान सत्यवति गाउँपालिकाको वडा नम्बर ६ मा जिपले ठक्कर दिँदा ३ वर्षिय बालिका घाइते भएकी थिइन् । उनको पनि पाल्पामा उपचार भइरहेको छ ।