साउन २५
बुटवल।
अख्तियारले बुटवलको ट्राफिकचोक बाट एक जना सरकारी कर्मचारी र एक जना व्यापारीलाई ३ हजार घुस सहित पक्राउ गरेको छ।
अख्तियार अनुसन्धान आयोगको बुटवल कार्यालयले राष्ट्रिय अनुसन्धान बुटवलका अनुसन्धान सहायक विरेन्द्र पाण्डे र व्यापारी विरेन्द्र बर्मालाई हिजो पक्राउ गरेको हो
दुबै जनाले बुटवलकै एकजाना व्यापारी संग भारतीय सिमाबाट समान ल्याइदिन सहजीकरण गर्ने भन्दै ३ हजार घुस लिदै गर्दा पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग बुटवलका सुचना अधिकृत सुरेश भुषालले जानकारी दिनुभयो ।