साउन २५,
कपिलवस्तु
कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
सर्पको डसाइबाट कपिलवस्तु नगरपालिका २, जमुवारटोलका ६० वर्षीय दयालु ठाकुरको मृत्यु भएको छ।
गएराति घरमै सुतिरहेका ठाकुरलाई विषालु सर्पले डस्दा उपचारका लागी जिल्ला अस्पताल तौलिहवा लगिएको थियो।
सर्पले डसेपछि तत्काल परिवारलाई खबर नहुँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै
शिवराज नगरपालिका ६, मजगौवाका बाहु पासीका ५ वर्षीय छोरी सुन्दरी भौली पासीको इनारमा डुबेर मृत्यु भएको हो।
घर नजिकैको ईनारमा खसेकी सुन्दरीलाई डेढघण्टापछि उद्धार गरि अस्पताल लगिएको थियो।
शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
यस्तै
वाणगंगा नगरपालिका ७, चौडिचोकमा ट्याक्टरले किच्दा सोही स्थानका १४ वर्षीय रञ्जित थारूको मृत्यु भएको छ।
शनिबार मध्यान्ह ना ६ त ७४०१ नम्बरको ट्याक्टरले माटो अनलोड गर्ने क्रममा पछाडिको चक्काले किच्दा उनको घटनास्थलमै
मृत्यु भएको हो।
ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।