बशन्त श्रेष्ठ छापेली
साउन २५
तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकीकरण पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले टोल कमिटि गठन गर्ने अभियान थालेको छ ।
गाउँ गाउँका नेकपाका कार्यकर्तामा खुसीयाली छाएको अभियानका नेताहरुले बताएका छन ।
नेकपा सन्धिखर्क १२ नम्बर वडा कमिटिले डिभर्नाको साबिक ८ वडा छापमा आयोजना गरेको टोल कमिटि गठन कार्यक्रममा कार्यकर्ताले खुसी व्यक्त गरे ।
टोल कमिटि गठन कार्यक्रममा राज कुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्सीय १ नम्बर टोल कमिटिको गठन गरिएको छ ।
जसको सचिवमा शान्ता कुवँर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा खिमराज श्रेष्ठ, पुष्पा श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, शिव नेपाली, इश्वरा नेपाली, लिना नेपाली, नमलाल श्रेष्ठ, हरी बहादुर कुवँर, दिलमाया श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यमै रनबहादुर नेपाली, यमप्रसाद श्रेष्ठ, पानबहादुर बि.क, बालकृष्ण श्रेष्ठ र इश्वरी नेपाली र सरस्वता बिक. रहनुभएको छ ।
नब गठित टोल कमिटिलाई नगर कमिटि सदस्य रामबहादुर बि.क र सल्लाहकार गोपाल प्रसाद श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा नगर कमिटि सदस्य रामबहाुदर बि.क, १२ नम्बर वडाका वडा सदस्य नारायण बस्याल, वडा कमिटि सदस्य नरेन्द्र बस्याल लगायतले मन्तब्य राख्दै पार्टी सिद्धान्त र आचरणलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रम वडा कमिटि अध्यक्ष जीवन बस्यालको अध्यक्षता र सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै सोही कमिटिले लहरेबाँद निबासी नेकपाका क्रियाशील सदस्य सुर्य प्रसाद श्रेष्ठी ममतामयी माता पुतला श्रेष्ठको ६७ वर्षको उमेरमा निधन भएकोमा घरमै पुगी श्रद्धाञ्जली तथा समबेदना व्यक्त गरेको छ ।