चुरामणि तिमिल्सीना ,गुल्मी
साउन २५ –
रुरु प्राथमिक स्वास्थ केन्द्र रिडि गुल्मीमा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
करिब ९ महिनाको समय अबधी भर जनताको सेवा गर्नुभएका डा कपिल गौतम लाई औपचारिक कार्यक्रमका बिच बिदाइ गरिएको हो ।
कार्यक्रममा संचालक समितिका अध्यक्ष तथा रुरु गाउँपालिका वाड नम्बर १ का अध्यक्ष रामलाल बिक को सभापतित्व ,सस्थापक अध्यक्ष केसरमान बजिमयको प्रमुख आतिथ्यता रहेको थियो।
उपाध्यक्ष चन्द्रलाल कसजुको स्वागत रहेको कार्यक्रममा रुरु गाउपालिका कार्यपालिका का सदस्य भगवती बराल, केन्द्रका सदस्य रोहित भन्डारी , पुर्ब कार्यलय प्रमुख देब बहादुर बुढाथोकी , निमित्त डा प्रमुख उपमा श्रेष्ठ , इलाका प्रहरी कार्यलय रिडि गुल्मिका प्रहरी प्रमुख राधेश्याम सिंह सैथवार , मानव कल्याण आश्रमका अध्यक्ष जीवन कुमार कसजु बाणिज्य सङ रिडिक अध्यक्ष सुबर्ण लाल कक्षपाति , समाज सेबि माधब ज्ञवाली , महिला स्वयम सेविकाहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सबै बक्ताहरुले अहिले सम्म डा रामचन्द्र सापकोटा र कोपिल गौतम को उल्लेखनीय योगदान रहेको चर्चा गरेका थिए।
गौतम ले अहिले सम्म आफुले काम गरेका अनुभव सुनाएका थिए । कार्यक्रम माधब पौडेलको सन्चालनमा सम्पन्न भएको थियो।