अनिल खत्री
२६ साउन, गुल्मी
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा बसन्त खत्री निर्वाचित भएका छन् ।
प्रतिष्ठान गुल्मीको छैठौं जिल्ला अधिवेशनबाट खत्रीको नेतृत्वमा २५ सदस्यि जिल्ला कार्य समिति चयन भएको छ ।
वरिष्ठ उपाध्यक्ष शिलु भट्टराई, द्धितिय उपाध्यक्ष प्रकाश बस्नेत, महिला उपाध्यक्ष सञ्जीवनी अर्यालय, सचिव भुवन भुसाल, सह–सचिव सुरज खरेल कोषाध्यक्ष इश्वरी कंडेल, सह–कोषाध्यक्ष श्रीधर पोखरेल भएका छन् ।
जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेको हो ।
गत वर्ष जस्तै यसवर्ष पनि प्रतिष्ठान गुल्मीले सहमतीको आधारमा नयाँ नेतृत्व चयन गरेको हो ।
शनिवार सम्पन्न अधिवेशनको प्रतिष्ठानका केन्द्रिय निर्वतमान अध्यक्ष चन्द्र शर्माले उदघाटन गरेका थिए ।
अधिवेशनको अबसरमा बृहत साँस्कृतिक कार्यक्रम र गुल्मी लोक तारा २ को फाइनल कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय निर्वतमान अध्यक्ष चन्द्र शर्मा, महासचिव सुवास केसी,सचिव खुमन अधिकारी, प्रदेश ५ का संयोजक लक्ष्मण खड्का,
प्रदेश ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेय, कलाकारहरु पुस्कल शर्मा, हुम गैरे, नारायण बिपि परियार, रामप्रसाद पौडेल, उज्जवल गिरी, नन्दु परियार लगायत २ दर्जन वढि कलाकारहरु सहभागि थिए ।
अधिवेशनको अबसरमा २ दर्जन वढि सामाजिक व्यतिmत्वलाई सम्मान गरिएको थियो ।