अनिल खत्री
२६ साउन, गुल्मी –
गुल्मीको सदरमुकाम तम्घासमा सनराइज बैंकले शुभारम्भ गरेको छ ।
शाखाको आइतवार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् ।
बैंकको तम्घासमा स्थापना भएको शाखा एक सय १८ औ हो । यस अघि धुर्कोट गाउँपालिकामा बैंकको पहिलो शाखा स्थापना भएको थियो ।
शाखा कार्यालयको उद्घाटन गर्दै मेयर भुसालले बैंकले कृषि क्षेत्रमा लगानी गर्न जोड दिए । बैंकहरु स्थापनासँगै सेवाग्रहीले पनि सेवा लिन सहज भएको मेयर भुसालले बताए ।
उनले बैंकको प्रतिस्प्रर्धासंगै ग्राहकले नयाँ–नयाँ सुविधा खोजेकाले त्यो दिन सक्नुनै महत्वपूर्ण कुरा भएको बताए । कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख पोखरेलले बैंकबाट शहर र गाउँका ग्राहकले पाउँनै सुविधामा विभेद नगर्न आग्रह गरे ।
उनले गाउँ र शहर जोड्ने बैंकको रणनीति धेरै राम्रो भएकाले प्रविधिमा आधारित बैंकिङ्ग कारोवार ग्रामिण समुदायमा समेत पुग्नुपर्नेमा जोड दिए । बैंकका नायव महाप्रबन्धक रवि कुमार नेपालले आफुहरु नयाँ सुविधा लिएर गाउँ र शहर आइरहेकाले सवैको साथको अपेक्षा गरे ।
संस्था प्रतिस्प्रर्धाले स्थापित हुने भएकाले सुविधा र सन्तुष्टि प्रदान गरेर सनराइन बैंक अगाढी बढ्ने नेपालले बताए । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बैंकहरुले अब कृषि पर्यटनमा लगानी गर्नुको विकल्प नभएको बताए ।
सनराइज बैंक लिमिटेडले बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आएको छ । यो सुविधा अन्तरगत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा एक लाख वा बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत भन्दा नबढ्ने गरी दाबी गर्न पाइने बैंकका ५ नं प्रदेश प्रमुख राजेन्द्र घिमिरेले बताए ।
सनराइज बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै बचत खाताका ग्राहकहरुका लागि ‘दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको बैंकले जनाएको छ । सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचत कर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा पाँच लाख नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको चार गुणासम्म दाबी गर्न सकिने घिमिरेले जानकारी दिए ।
कृषि कर्जा, घर कर्जा साथै मिसकल बैंकिङ सेवा लगायतका सेवा उपलब्ध गराएको छ । साथै शाखारहित बैंकिङ सेवा, एटिम र विभिन्न अस्पतालहरुमा एक्टेन्सन काउन्टर संचालन गरिरहेको शाखा कार्यालय गुल्मीका प्रमुख दिनेश पन्थीले बताए ।
कार्यक्रममा शुभारम्भ विभिन्न बैंक तथा बित्तिय संस्थाका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।