काठमाडौ
साउन २७ –
दुधको मूल्य भदौ १ देखि लागू हुने गरी बढ्ने भएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दुधको मूल्य बढाउन प्रक्रिया सुरु गरेको छ ।
हाल तीन प्रतिशत चिल्लो पदार्थ र ८ प्रतिशत ठोस रहेको दुधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ ।
दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।
प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ।