काठमाडौ
साउन २७ –
प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनुभएको छ ।
सिङगापुरमा स्वास्थ्य जाँच गराएर उहाँ आज दिउँसो नेपाल फर्कनुभएको हो ।
उहाँलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओली गएको साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नु भएको थियो ।
स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्कनु भएको हो ।
स्वदेश फर्किएपछि उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाउनुभएको छ ।
ट्विटरमार्फत प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।