नुवाकोट
साउन २८ –
खाल्डोमा डुबेर नुवाकोट मा २ जनाको मृत्यु भएको छ ।
बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १३ वर्षीया बिनिता बलामी र ३५ वर्षीया लक्ष्मी तामाङ रहेका छन ।
ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ साडे ५ बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो। स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन्