अर्घाखाँची
साउन २९
आगोलागीबाट पीडित बनेका अर्घाखाँचीका अग्नि पीडितलाई राहत वितरण गरिएको छ।
अर्घाखाँचीको सितगंगाका अग्नि पीडितलाई राहत वितरण गरिएको हो । सितगंगाको विभिन्न ठाँउमा यो वर्ष भएको आगोलागीबाट पीडित बनेका १६ घरपरिवार मध्ये छनोट गरि अति नै पीडित भएका गरिब तथा बिपन्न १२ घर परिवारलाई अर्घाखाँची सम्पर्क समिती युएईको सहयोगमा राहत वितरण गरिएको जनाइएको छ । सितगंगा ९ राँगाकाटेका केशर बहादुर कुमाल, प्रदिप रेश्मी, ज्ञान बहादुर बिक, कालुराम कुमाल, खिम बहादुर कुमाल, कमरा रोकालाई पत्रकार विष्णु आलेले राहत वितरण गरे।
पीडितलाई जनही २१ सयका दरले राहत वितरण गरिएको होघरबाँस तथा बर्ष दिनको लागि जोहो गरि राखिएको अन्नपात जलेर खरानी भएपछि बिहान बेलुकाको छाक कसरी टार्ने भनेर अन्योल भईरहेको बेला पीडितको घरमा पनि चुलो बल्न पर्छ भन्ने उदेश्यले गाँस कटाएर आर्थिक सहयोग गरिएको अर्घाखाँची सम्पर्क समिती युएईका प्रमुख सल्लाकार चन्द्र बहादुर सारूले बताउनुभयो ।
अर्घाखाँचीबाट रोजगारीको शिलसिलामा युएई पुगेका नेपालीले आफ्नो गाँस कटाएर अग्नि पीडितलाई राहात सहयोग गरेका हुन्। बर्खाको समयमा आगो लागेपछि खाद्यान्नको संकट परेको बेला पीडितलाई राहत भएको छ ।