थम्मन थापा साउन २९ बागलुङ
पछिल्लो समय जापानमा धेरै गलकोटेहरु वैदेशिक रोजगारीको रुपमा कार्यरत छन ।
त्यहॉ रहेका गलकोटबासीको हक, हित अधिकार सॅगै समृद्व गलकोट निर्माणमा
संस्थागत रुपमा उनीहरु सकृय रहॅदै आएका छन ।
यसै सिलसिलामा गलकोट समाज जापानले नेपाली नारीहरुको महान पर्व हरितालिका
तीजको अवसर पारेर तीज विशेष सांगितिक कार्यक्रम आयोजना गरेको छ ।
यस संस्था जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु मध्यकै अग्रणी संस्थाको
रुपमा सन २००६ देखि जापानमा कृयाशिल रहॅदै आएको छ । संस्थाले स्थापनाकाल देखि
नै गलकोटमा हुने मेला महोत्सव देखि आपत विपत अनि सामाजिक क्षेत्रमा आर्थिक नैतिक
भौतिक सहयोग गर्दै आईरहेको छ ।
यस वर्ष हरितालिका तीजको अवसरमा आयोजित तीज कार्यक्रममा नेपालबाट चर्चित
कलाकारहरु खुमन अधिकारी, कला लम्साल, देव साहनी र कुसुम बुढाथोकी जापानमा
पुगी आफनो सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन ।
सो अवसरमा जापानमा रहेर सांगितिक क्षेत्रमा निरन्तर लागिरहेका कलाकारहरुको समेत
सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । संस्थाले प्रत्येक वर्ष तीज पर्वमा
कार्यक्रम गर्दै आईरहेको छ ।
यस वर्ष तीज कार्यक्रम जापानको राजधानी शहर टोकियो नाकानो स्थित जेरो हलमा
सेप्टेम्बर २ तारिक दिउॅसो ४ बजे बाट प्रारम्भ हुने कार्यक्रम संयोजक महेन्द्र साहनीले
जानकारी दिए ।
जापानमा हिजो आज दर्जनौं संघ संस्थाले तीज कार्यक्रम गर्दै आईरहेका छन । गल्कोट
समाज जापानले विगत २००६ देखि नै विभिन्न खाले तीज कार्यक्रम गर्दै आईरहेको संयोजक
साहानीले बताए ।
सात समुन्द्र पारी विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईलाई विभिन्न चाड पर्वहरुमा प्रदेशमा
रहेको महशुस् नगराई एक अर्कामा भेटघाट तथा दुखसुख साट्ने अवसर मिल्नुका साथै कार्यक्रमबाट
दर्शकले मनोरञ्जन लिनेछन ।
कार्यक्रममा संकलित रकम सामाजिक कार्यमा खर्च गरिने समाजले जनाएको छ । कार्यक्रममा
सह(आयोजकको रुपमा गल्कोट स्पोर्ट्स क्लव टोकियो रहेको छ ।
मेला अवधिभर जापानमा रहेका सम्पुर्ण दिदिबहिनी तथा दाजु भाईलाई कार्यक्रममा सहभागी
भई मेला सफल पार्न अपिल गरेको छ ।