काठमाडौ
साउन ३० –
बिहीबार बिहान निधन भएका वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जनाएको हो । दिक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ट्वीटमार्फत स्वर्गीय दीक्षितको निधनमा दुःख व्यक्त गर्दै मन्त्रालयका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । दीक्षितका ४६ कृति छन् ।
उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए। नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो।
नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गौरीधारामा भएको थियो । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।