काठमाडौ
साउन ३० –
आज शहीद शुक्रराज शास्त्रीको १ सय २६ औ जन्मजयन्ती , विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
प्रजातन्त्र ल्याउन शास्त्रीले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै शास्त्रीको १ सय २६ औ जन्मजयन्ती मनाइएको हो । शहीद स्मारक समिति ललितपुरले कुपण्डोलमा गरेको कार्यक्रममा शहीद शुक्रराज शास्त्रीको प्रतिमामा माल्यार्पण पनि गरीएको थियो । ललितपुर उपमहानगरपालिकाकी उपमेयर गीता सत्यालले शहीदहरुको सम्मान गर्नुपर्ने बताउनु भएको छ ।।
कार्यक्रममा बोल्दै उहाले शहीदले देखाएको बाटोमा हिड्न नसकेको कारण मुलुक यो अवस्थामा आइपुगेको बताउनुभयो ।
शहीद स्मारक समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले शहीदहरु राज्यबाट अपहेलित भएको बताउनुभयो । बिसं १९९७ साल माघ १० गते तत्कालिन राणा शासकहरुले शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए ।