कालीदास आत्रेय
गुल्मी ,साउन ३० –
जनै पुर्णीमाको अबसरमा गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघामा तिजगित कार्यक्रम सम्पन्न भएको छ ।
श्रृजनशील आमा समुह र दिपज्वोति आमा समुह छत्रकोट ६ दौघाको आयोजनामा दौघाहरी प्राथमिक बिद्यालय मोहरेको प्राङगणमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सयपत्रि आमा समुह दौघा, समाजसेबि आमा समुह दौघा,जनजागृति आमा समुह नौधारा ,नौलो बिहानी आमा समुह काउले ,जुनेली महिला कृषि सहकारी संस्था लिमिटेड दौघा लगायतका सस्थाका महिलाहरु आ आफ्नो पहिचान झल्कने पोशाकमा सहभागि भएका थिए ।
अन्य स्नाथियहरु को पनि उल्लेख्य सहभागिता रहेको थियो ।यस्तै खज्र्याङ प्रहरी चौकीका प्रहरी टोलीको पनि कार्यक्रममा सहभागिता रहेको थियो । पछिल्लो समय साविक दौघा गाविस का बिभिन्न वार्डका महिलाहरु पालैपालो बिभिन्न स्थानमा जम्मा भएर नाचगान गर्ने गरेका छन । त्यहाँबाट प्रतिनिधि कालीदास आत्रेयले खबर पठाउनुभएको छ ।
यसबाट हराउदै गएको तिजगितको परम्परागत संस्कृतिको संरक्षण हुने र आपसी सद्भाव बढ्दै जाने बिश्वास गरिएको छ ।