घनश्याम पौडेल
अर्घाखाची
भदौ १ –
स्थानिय उत्पादनको उपभोग आधुनिकिकरणको विस्तार, अड्गुरीको कृषि व्यावसाहिकरणको आधार भन्ने मुल नाराका साथ पाणिनी गाउँपालिका वडा नं ७ अड्गुरी अर्घाखाची मा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ ।
अड्गुरी कृषि सहकारी संस्था लिमिटेड एवम् अड्गुरी तरकारी संकलन केन्द्र र हाटवजार व्यवस्थापन समितीको आयोजनामा भएको तिजगित कार्यक्रममा ६ समुहको सहभागिता रहेको थियो ।
जसमा नमुना स्वस्थ आमा समुह मौलीपोख्रा प्रथम, सृजनशिल आमा समुह द्धितिय, राधाकृष्ण स्वस्थ आमा समुह तृतिय र अमिनडाडाँ स्वस्थ आमा समुह सान्तव्ना भएका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तत्वना हुनेलाई क्रमश नगद पच्चीस सय, प्रन्ध सय, एक हजार, पाचँ सय, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
तिजगितको उद्धघाटन गर्दै पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले विकृतिको अन्त्य गरी चाडपर्व मनाउनुपर्ने बताईन । कार्यक्रममा वडा अध्यक्ष गुनाखर अधिकारी, कार्यपालिका सदस्य टोपकला कव्दार, कृषि शाखा प्रमुख मेगराज पौडेल, जर्नादन न्यौपाने, युवाराज पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । तिजगित कार्यक्रममा कमल घिमिरे, देवि प्रसाद घिमिरे र सुनिता अधिकारी निर्णायक मण्डलमा रहेका थिए । उत्कृष्ट नृत्य र उत्कृष्ट लयलाई पनि १÷१ हजार पुरस्कार दिईएको थियो ।
कार्यक्रम अड्गुरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, सचिव लक्ष्मण न्यौपानेको सञ्चालन र उपाध्यक्ष करुणा न्यौपानेको स्वागतमा सम्पन्न भएको थियो ।
अर्घाखाँची जिल्लामा यतिवेला तिजको माहोल छाईसकेको छ । होटल रेष्टुरेण्टमा जाने जाड रक्सी खाने, तिजलाई भड्किलो बनाउँने परम्परा जिल्लामा रहदै आएको छ । तर यहाँको सहकारी र हाटबजार व्यवस्थापन समितीले तिजलाई भड्किलो नबनाई उत्पादित तरकारीको विक्री र प्रचार कसरी गर्न सकिन्छ, भनेर शनिबार तिजगित प्रतियोगिताको आयोजना ग¥यो ।
प्रत्येक शनिबार हाटबजार सञ्चालन हुने ठाउँमा तिजको मेला हेर्न वडाबासीको घुईचो थियो । स्थानिय उत्पादनको उपभोग आधुनिकिकरणको विस्तार, अड्गुरीको कृषि व्यावसाहिकरणको आधार भन्ने शिर्षकमा सहभागीले गित गाए । सधै तरकारी किन्न र विक्री गर्न आउँने कृषकहरु पनि तिजगितमै रमाए ।