गुल्मी
भदौ १ –
गुल्मीको सत्यवतिका पहिरो पिडितलाई बिभिन्न स्थानबाट सहयोग प्रप्त भइरहेको छ ।
सत्यवति ६ साविकको जोहाङ १ ढाव र खल्लुक रुख समाजले लिम्घा र ठुलोलुम्पकका पहिरो पिडितलाई राहात संकलन गरि हस्तान्तरण गरेको छ ।
मृतकका ७ परिबार लाई प्रति परिवार ४ हजार २५० दरले राहात रकम हस्तान्तरण गरेको कमल पुलामीले खबर पठाउनुभएको छ ।
साउन ७ गते सत्यवतिका वडा नम्बर ३ र ४ का बिभिन्न स्थानमा गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो । भने ठूलो जनधनको क्षती भएको छ ।
पहिरोबाट १२ सय ६० जना प्रभावित छन् ।