भदौ ३
भोजपुर
बच्चा जन्माउन बर्थिङ सेन्टरमा नगराए बच्चाको जन्मदर्ता नहुने भएको छ ।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा सोमबार बर्थिङ सेन्टरको उद्घाटन भएसँगै
यस्तो नियम सुरु गरिएको वडाध्यक्ष गणेशकुमार राईले जानकारी दिनुभयो ।
प्रसूति गराउन स्वास्थ्य संस्थामा अनिवार्य रुपमा जान बाध्य बनाउने उद्देश्यले यस्तो नियम लागू गराइएको अध्यक्ष राईको भनाइ छ ।
बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता
अन्त्य भएको छ । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुशी भएका छन् ।
बर्थिङ सेन्टरको स्थापनाले घरमा प्रसूति गराउँदा आमा र शिशुको ज्यान जाने जोखिम पनि कम हुने स्वास्थ्य चौकीले जनाएको छ ।
उक्त सेन्टर वान हट वल्र्ड वाइड नामक संस्था र वडा कार्यालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो ।
सेन्टर सञ्चालनका लागि वनहर्टले दुई लाख ५० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ भने वडा कार्यालयले
तीन लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
वडा कार्यालयले स्वास्थ्य संस्थाका पाँच कर्मचारीलाई कामको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसमेत वितरण गरेको छ ।