थम्मन थापा
बागलुङ ,भदौ ३ –
नाच्ने डॉडा बागलुङको एक महत्वपुर्ण धार्मिक ठाउॅ हो ।
प्रत्येक वर्ष हरितालिका तीजको अवसरमा त्यहॉ परम्परगत तीज मेला हुॅदै आईरहेको छ । झण्डै २ सय वर्ष पुरानो ईतिहॉस बोकेको गलकोट नगरपालिका ७ मल्मको नाच्ने डॉडामा दिदीबहिनी आमाहरु तीजको दिन जम्मा भएर वर्षभरिका दुख पिडा वेदनालाई गीत र नाच मार्फत प्रस्तुत गर्दै आईरहेका छन ।
यसपाली तीज मेलालाई तीज महोत्सवको रुपमा आयोजना गरिएको छ । समुद्री सतह देखि १५ सय मिटरको उचाईमा अवस्थित नाच्ने डॉडाको तीजमा दिदीबहिनीहरु भेला भएर तीजका पुराना भाकामा नाचगान गर्दै आएकोले यस स्थानको नाम समेत नाच्ने डॉडा रहन गएको बुढापाकाहरु बताउ छन ।
पहिला धेरै वर्ष सम्म सामाजिक संस्था घुम्टे युवा परिवार र जनहित माध्यमिक विद्यालयले नाच्ने डॉडामा तीज मेला धेरै पहिलेबाट गर्दै आईरहेका थिए । वि।सं २०६४ सालमा उक्त स्थानको संरक्षण सम्वर्दन गर्दै मौलिक तीज मेलालाई निरन्तरता दिन नाच्ने डॉडा संरक्षण समाज नामक सामाजिक संस्था स्थापना भए पश्चात अहिले समाजले तीज मेलालाई निरन्तरता दिदै आएको छ ।
विशेष गरि गलकोट क्षेत्र र आसपासबाट तीजमा त्यहॉ हजारौ दर्शक र श्रद्वालु भक्तजनहरु त्यहॉ पुग्ने गर्दछन । नाच्ने डॉडामा ऐतिहॉसिक धार्मिक महत्व बोकेको शिद्वेश्वर शिवालय मन्दिर समेत रहेको छ ।
२ सय वर्ष पुरानो ईतिहॉस बोकेको मन्दिरलाई सिद्वेश्वर शिवालय सेवा समितिले धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्न गुरु योजना समेत अगाडी बढाएको छ । १सय भन्दा बढि शालिग्राम र पुरातात्विक हिसाबको मन्दिर निर्माण गर्न सिलन्यास समेत भईसकेको छ ।
यस वर्ष हरितालिका तीजको अवसरमा तीज महोत्सव हुॅदै छ । आगामी भदौ १५ देखि १६ गतेसम्म हुने महोत्सवमा स्थानिय कला संस्कृति झल्कने नौमति बाजा, झॉकी, बृहत तीज गीत प्रतियोगिता, सामुहिक नृत्य, एकल नृत्य, खुल्ला तीजगीतमा नाचगान, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने समाजका अध्यक्ष कोपिला खडकाले जानकारी दिईन ।
नाच्ने डॉडा संरक्षण समाजको मुख्य आयोजना र सिद्वेश्वर शिवालय सेवा समितिको आयोजनामा सञ्चालन हुने तीज महोत्सव सफल पार्न तयारीलाई तिव्र पारिएको सचिव कोपीला थापाले जानकारी दिईन ।
सचिव थापाका अनुसार तीज महोत्सवमा ज्येष्ठ वृद्वा महिला, सकृय महिला समाजसेवी, आगन्तुक चेली अभिनन्दन, सहयोगदाता, अक्षयकोषदाता, कलाकार, पत्रकारलाई समेत सम्मान गरिने समाजले जनाएको छ । महोत्सवको पुर्व सन्ध्यामा सडक, बाटोघाटो, टोल सरसफाई समेत गर्न लागिएको बताईएको छ ।