बसन्त श्रेष्ठ छापेली,
अर्घाखाँची ,
भदौ ३ –
१२ औँ राष्ट्रिय सूचना दिवशको अवशरमा सूचना अधिकारी र सञ्चारकर्मीबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दिवशको अवसरमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा पारष्परिक जवाफदेहिता परियोजना, सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल र एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको सहयोग तथा समन्वयमा सूचना अधिकारी र सञ्चारकर्मीहरुबीच अन्र्तक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने सहभागीहरुले सूचनाको हकको कार्यान्वयमा सबै आफ्नो ठाउबाट एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सूचनाको हक मौलिक हक भएको भन्दै यसको कार्यान्वयन गर्न जिल्लास्थित सूचना अधिकारीलाई निर्देशन दिनुभयो । पौडलले सूचना अधिकारीलाई कुनै समस्या भएमा जानकारी गराउनुपर्ने बताउदै ऐन बमोजिम माग गरिएको सूचना दिनु सूचना अधिकारीको प्रमुख दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा सुशास प्रर्बद्धनका निम्ती जिल्ला स्तरीय नागरिक सञ्जाल तथा पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकालीले सूचनाको हकको कार्यान्वयनका सन्दर्भमा सञ्चार क्षेत्रको कमी कमजोरी भए औल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सूचना सुशासन र विकासको मेरुदण्ड भएको पनि बताउनुभयो । कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी बिष्णुराज बेल्बासेले सूचनाको हकको कार्यान्वयनको अबस्था तथा चुनौतीको बारेमा छुट्टा छुट्टै कार्यपत्र पेश गर्नुभएको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेपालमा सूचनाको हकको संबैधानिक व्यवस्था २०४७ बाट भएको थियो । नेपालको संबिधान २०७२ को धारा २७ मा सूचनाको हकको व्यवस्था छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ श्रावण ५ गते प्रमाणीकरण भई भाद्र ३ गते देखि लागु भएको थियो । सोही दिनलाई नेपालमा राष्ट्रिय सूचना दिवशको रुपमा मनाउन थालिएको छ ।