काठमाडौ
भदौ ४ –
अझै केहीदिन मनसुन कमजोर हुने मौसमविद्ले अनुमान गरेका छन् ।
मनसुनी न्यूनचापीय रेखा साविक स्थानमा रहेकाले कम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सकिन एक महिना बाँकी नै भएकाले पानी पर्ने संभावना अझै रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
उहाँका अनुसार बुधबार देशका केही ठाउँमा मेघगर्जन सहित हल्का पानी पर्ने र पूर्वी र पश्चिमी पहाडी भू–भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने उहाँको अनुमान छ ।
बुधबार उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, काठमाण्डौ र आसपास, नुवाकोट, गोरखा, तनहुँ, नवलपरासी, रूपन्देही, पाल्पा,
अर्घाखँंची, प्युठान, दाङ, रोल्पा, सल्यान, डोटी, बाँके जिल्ला भएर बहने नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले
नदी आसपास हिँड्डुल गर्दा सजग हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।