थम्मन थापा
बागलुङ ,भदौ ५ –
जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म बागलुङमा सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।
बैठकले २०७५ को एस ई ई परीक्षाको विद्यालयको नतिजाको विश्लेषण, आर्थिक वर्ष २०७५र०७६ को विद्यालयको आन्तरिक सामाजिक परीक्षणको अनुमोदन गरेको छ । सो अवसरमा एस ई ई उत्तिर्ण विद्यार्थीबाट सर्टिफिकेट बापतको रकम रु २ हजार ५ सय कायम गरिएकोमा अनुमोदन गरिएको छ । त्यस्तै केहि दिन पहिले जिल्ला स्थित विद्यार्थी नेताहरुले जनहित माध्यमिक विद्यालयको विषयमा एस ई ई सर्टिफिकेट बापतको रकम रु १० हजार विद्यार्थीबाट लिईएको भनि सामाजिक सञ्जालमा प्रकाशित विषय प्रति बैठकले आपत्ति जनाएको छ ।
विद्यालय र समग्र वडाको प्रतिष्ठा माथि आॅच आउने खालको भ्रामक अभिव्यक्ति केहि व्यक्तिहरुबाट सामाजिक सञ्जालमा आउनु दुखद रहेको भन्दै विद्यालयले आगामी दिनमा यस्ता खालका गलत कृयाकलाप नगर्न अनुरोध समेत गरेको छ । विद्यालयले विद्यार्थीबाट कुनै पनि सर्टिफिकेट बाहेकको थप शुल्क नलिएको विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।
बैठकमा गलकोट नगरपालिका वडा नं ७ मल्मका जनप्रतिनिधी, जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधीहरु, समाजसेवी, शिक्षाप्रेमी, सरोकारवाला, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
सर्वपक्षिय बैठक जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म बागलुङको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो