काठमाडौ
भदौ ६ –
अहिले देशको पूर्व र मध्य भाग तथा पश्चिमका केही भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसले गर्दा ती क्षेत्रहरुमा मेघ गर्जन सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेकोले त्यसबाट बच्न आवाश्यक सतर्कता अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आगामी २४ घण्टा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र चुरेबाट बग्ने खोलाको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।