अनिल खत्री
६ भदौ, गुल्मी
आज श्रीकृष्ण जन्माष्टमी पर्व, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अबसरमा गुल्मीका बिभिन्न स्थानका मन्दिरहरुमा पूजा गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यो दिन बिवाहित एवं अबिवाहित महिलाहरु ब्रत बस्ने गर्दछन् ।
जिल्ला सदरमुकाम तम्घास सहित बिभिन्न मन्दिरहरुमा भक्तजनमको भिड लागेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अबसरमा पारेर गुल्मीको रेसुङ्गा नगरपालिकाले सार्बजनिक बिदा दिएको छ । जिल्लामा रहेका १२ स्थानिय तह मध्ये अरुले भने बिदा दिएका छैनन् ।