दाङ ,
भदौ ६ –
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले
बिभिन्न आरोप लगाउँदै बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।
उपकुलपति प्राध्यापक डा संगीता खड्काले आफूहरुलाई बिभिन्न बाहनामा स्पष्टीकरण सोध्ने,
बर्खास्त गर्ने, धम्की दिने लगायतका काम गरेको आरोप उनीहरुले लगाएका छन ।
राजीनामा दिएकाहरुको सूचीमा २५ जनाको नाम लेखिए पनि हस्ताक्षर भने २२ जनाको मात्रै रहेको छ ।