कालीदास आत्रेय
गुल्मी ,भदौ ८ –
नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छत्रकोट ६ दौघा गुल्मीको ६२ औ वार्षिक उत्सव तथा अभिभावक दिबस सम्पन्न भएको छ ।
तिन दिन सम्म सन्चालित वार्षिक उत्सव कार्यक्रममा अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता, निबन्ध लेखन , वक्तृत्वकला ,दौड, भलिबल ,तिजगित लगायतका कार्यक्रमहरु भएका थिए । कार्यक्रमको अन्तीम दिन आज बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर ज्ञवालीको अध्यक्षता, छत्रकोट ६ दौघाका वडाध्यक्ष थम्मन ज्ञवालीको प्रमुख आथित्यता साथै आत्मबोध मावि मानकोटका प्रधानाध्यपक बिश्नु प्रसाद ज्ञवालीको बिशिष्ट आथित्यता रहेको थियो ।
कार्यक्रममा अतिरिक्त क्रियापलापमा उत्कृष्ट भएका बिद्यार्थिहरुलाई पुरस्कार बितरण गरिएको थियो । साथै बिद्यालयमा स्थापित बिभिन्न अक्षयकोषहरुबाट कक्षा नर्सरी देखि १० सम्मका उत्कृष्ट बिद्यार्थिहरुलाई नगद पुरस्कार र मेडल प्रदान गरिएको थियो । भुपु बिद्यालय व्यवस्थापन समिती अध्यक्षहरु, भुपु प्रधानाध्यापकहरु र शिक्षकहरु साथै कार्यरत शिक्षकहरुलाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
शिक्षक भरत थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा भुपु शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण बहादुर रेस्मी, भुपु बिद्यालय व्यवस्थापन समिति अध्यक्ष जुद्ध बहादुर पछाई , भुपु प्रधानाध्यपक मान बहादुर पुन ,कार्यपालीका सदस्य कमला ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो । बिद्यालयका प्रधानाध्यपक लक्ष्मण ज्ञवालीले आर्थिक बर्ष २०७५ ७६को कुल एकानब्बे लाख,उनान्साठी हजार पाचसय अड्तिस रुपैया पैतालिस पैसा बराबरको आम्दानी खर्चको बिबरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सन्चालन शिक्षक युवराज काफ्लेले गर्नुभएको थियो ।