रामकृष्ण कडेल ,
भदौ ९, चारपाला गुल्मी
शारदा माध्यमिक बिद्यालय गुल्मीदरबार गाउँपालिका ५ अमर अर्बाथोक गुल्मिमा अभिभावक भेला सम्पन्न भएको छ।
गुल्मीदरबार गाउँपालिका वडा ५ का वडाध्यक्ष लिलाबहादुर बलालको सभापतित्वमा सम्पन्न भेलाले बिध्यालय ब्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको छ।सम्पुर्ण अभिभावक बाट ४ सदस्य ब्यबस्थापन समिती गठन गरेको छ जसमा राजकुमार कंडेल,भिमलाल कंडेल ,बसन्ती कंडेल र बसन्ती सनारी रहनु भएको छ।तेस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा खडक बहादुर ढेगा सर्बसम्मत चयन गरेको छ
बाकी पदाधिकारीहरु सो समितिको पहिलो बैठकले चयन बिध्यालयले जनाएको छ।गुल्मीदरबार गाउँपालिकाका सामजिक बिकाश संयोजक हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा बिशेष अतिथी गुल्मीदरबार गाउँपालिका शिक्षा समिती सदस्यहरु हरि बहादुर कार्की र तारा गिरि रहनु भएको थियो। बिद्यालयका मानार्थ,बिशिस्ट ,आजिवन,साधारण सदस्य विभिन्न बिधालयका प्र अ हरु,सस्थाका प्रमुख,वडा प्रतिनिधि,शिक्षाप्रेमी,निवर्तमान बिध्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट सरस्वतीको फोटोमा माल्यार्पण तथा पानसमा बत्ती बालेर गरिएको थियो। बिद्यालयका पुर्व प्रधानाध्यापक तथा बिद्यालयका आजिवन सदस्यहरु हरिनारायण शर्मा,पुर्णलाल श्रेष्ठ तथा बिधालयका आजिवन सदस्यहरु हरि प्रसाद कंडेल,घन प्रसाद श्रेष्ठ,राजकुमार श्रेष्ठले प्रमुख अतिथी,विशेष अतिथी,तथा अतिथी हरुले शुभकामना मन्तव्य राख्दै बिधालयको शैक्षिक गुणस्तर निरन्तर वृद्धि हुँदै गयको र यसलाई निकट भबिस्यमा नमुना बिद्यालय बनाउन शुझाब दिनुको साथै बिधालय ब्यबस्थापन समिती गठन प्रक्रियामा हाम्रो मानिस नभएर बिद्यालयको बिकाशमा निरन्तर रुपमा खटिने राम्रा ब्याक्तीलाई अभिभावकहरुले चयन गर्नु हुनेछ भनी शुभकामना दिनुभयको थियो।
कार्यक्रममा बिधालयमा ३६ बर्ष सेवा गर्नुभएका बिद्यालय सहयोगी नरबिर खडका,र बिधालयमा १ बर्ष अध्यापन गराइ हालै माध्यमिक तहमा नाम निकाली सरुवा भएर जानू भयका शिक्षक छत्र बहादुर रानालाइ सम्मान पत्र,मायाको चिनो र दोसल्ला द्वारा सम्मान गरिएको थियो।
बिधालयका प्रधानाध्यापक जिबलाल पौडेलले बिधालयको बर्तमान अबस्था तथा भाबी रणनीतिको बारेमा प्रकाश पार्नुभएको थियो।शिक्षक टोपबहादुर ढेगाको स्वागत मन्तव्य रहेको कार्यक्रममा खुल्ला सत्रको सन्चालन बिधालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद कंडेल र बन्द सत्रमा सहजीकरण बिधालयका प्रधानाध्यापक जिबलाल पौडेलले गर्नु भएको थियो।