अर्घाखाची
भदौ १०
अर्घाखाचीमा अरिंगालको टोकाइबाट एक बालकको ज्यान गएको छ ।
अर्घाखाँची को सन्धिखर्क नगरपालिका– ५ कुरापोख्रालका १५ वर्षीय नन्दबहादुर मुखियाको अरिंगालको टोकाइबाट ज्यान गएको हो । बालकलाई अरिंगालले टोकेको थाहा पाएपछि स्थानीय पार्वता मुखियाले बालकको घरमा खबर गर्नुभएको थियो । त्यसपछि बालकको उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका बालकको अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि अन्तै लैजानुपर्ने भएको थियो ।
नन्दबहादुर स्थानीय गोपेश्वर आधारभूत विद्यालय मथुराको कक्षा ५ मा अध्ययन गर्ने बिद्यार्थी हुन । सोमबार बिहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगइ नजिकैको कटहरको रुखमा चढेको बेला उनलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि नजिकैको एक घरमा गएर बालकले आफूलाई अरिंगालले टोकेको जानकारी गराएका थिए ।
आर्थिक अभावका कारण समयमै अन्य अस्पतालमा लैजान नसक्दा बालकको ज्यान गएको बताइएको छ ।