काठमाडौ
भदौ १०
केहिदिन लगातार बढेको सुनको भाउ मंगलबार घटेको छ ।
सुन मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको हो । सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार १३ डलरले घटेको छ । सोमबार प्रति औँस १५ सय ४२ डलरमा कारोबार भएको सुन मंगलबार प्रति औँस १५ सय २९ डलरमा झरेपछि नेपाली बजारमा पनि थोरै भाउ घटेको हो ।
चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।