अनिल खत्री
११ भदौ, गुल्मी
अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।
जिल्ला सदरमुकाम तम्घास बजारका अति संबेदनशिल स्थानमा सिसिटिभी जडान गरिएको हो । जडान गरिएका सिसिटिभी क्यामराको प्रदेश नम्बर ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका हुन् । प्रदेश नम्बर ५ अन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीको सक्रियतामा जडान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा राखिएको नियनत्रण कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रबिधीको प्रयोगसँगै अपराध नियन्त्रणमा महत्पूर्ण भूमिका राख्ने बताउनु भयो । प्रदेश सरकारले १२ वटै जिल्लामा सिसिटिभी राख्ने देश्य अनुरुप ११ वटा जिल्लामा सुचारु भएको बताउनु भयो । आगामी वर्ष पनि आबश्यकता हेरिकन सिसिटिभी जडानको लागि निरन्तरता दिने बताउनु भयो । प्रबिधिको उच्चतम प्रयोगले सुरक्षा निकायलाई अपराध नियन्त्रण गर्न र तथ्य प्रमाण संकल गर्न सिसिटिभीले सहयोग पुग्ने मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।
अपराध नियन्त्रण, शुसासन कै सन्र्दभमा यो प्रबिधिको प्रयोग आबश्यक रहेको बताउनु भयो । हाल जडान भएका सिसिक्यामराबाट बजारका बिभिन्न गतिबिधी हेर्न र लिनको निम्ति अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन सहज हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताउनु भयो । बजार क्षेत्रका शंबेदनशिल स्थानमा जडानसँगै अपराध नियन्त्रण गर्न प्रभावकारी हुने बस्नेतले बताउनु भयो । सिसिटिभीको नियन्त्रण कक्षबाट सुरक्षा कर्मीले दिन रात निगरानी गरि रहने र मान्छे जम्मा भएकाले देखे चेक जाँच गर्न जाँदा स्थानियले पनि सुरक्षा निकायको उपस्थितिले सुरक्षित महसुश गरेको पाइएको प्रहरी उपरिक्षक बस्नेतले बताउनु भयो ।
बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्था र व्यवसायीहरुलाई ढुक्कसँग व्यवसाय गर्न मद्दत मिल्ने तम्घासका व्यवसायी जनक पन्थले बताउनु भयो । बजारमा राखिएका सिसि टिभी क्यामराले अपराधी पत्ता लगाउन यसले महत्वपूर्ण सहयोग गर्ने भएकाले बजारका अरु धेरै ठाउँमा राख्नु पर्ने पन्थले जोड दिनुभयो ।
हाल बजारका अति शंबेदनशिल स्थानका ८ वटा ठाउँमा जडान भएको छ । बजार क्षेत्रमा जडाभएता पनि यसको सबै हेर्न मिल्ने गरि नियन्त्रण एबं प्राबिधिक कक्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ ।
बजार क्षेत्रमा जडान भएका सिसिटिभी क्यामराहरु उच्च प्रबिधिका भएकाले कुन मान्छे कता गयो सजिलैसँग चिन्न सकिने गरि कैद हुनेछ । बजारका बिभिन्न २५ वटा स्थानमा राख्नको निम्ति तयारी पनि भइरहेको छ । त्यसको निम्ति सदरमुकाम तम्घासमा रहेका ४५ वटा बैक तथा बिभिन्न बित्तिय संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संस्थाहरुले प्रतिबद्धता जनाएका अनुसार बैंकहरु २५ हजारका दरले र अन्य संघ संस्थाले संस्थाको अबस्था हेरिकन सहयोग गर्ने प्रतिबद्धता जनाएको छन् ।