कालीदास आत्रेय
गुल्मी, भदौ १२ –
गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ६ मोहरेमा खानेपानीको हाहाकार भएको छ ।
बिगत ६ दिन अघिबाट हिगाह लिफ्टिङ खानेपानी योजनाको पम्प हाउस नजिकैको ट्रान्सफर्मरमा खराबी आई बिद्युत अवरुद्ध हुदा खानेपानीका मोटर नचलेपछि पानीको समस्या भएको हो ।
बिद्युत अवरुद्ध भएको खबर पाएपछि नेपाल बिद्युत प्राधिकरण रिडिको प्राविधिक टोली उक्त स्थानमा पुगेको थियो । अनुसन्धानको क्रममा ट्रान्सफर्मर पड्किएको बताएपछि स्थानियहर थप चिन्तित भएका छन ।
ट्रान्सफर्मर कहिले बन्छ भन्ने निस्चित नभएपछि उक्त स्थानका १२० घरधुरि प्रत्यक्ष मारमा परेका छन ।
यस्तै दौघाहरी प्राविका १०० बिद्यार्थिहरुलाई पनि खानेपानीको समस्या परेको छ ।
लिफ्टिङ खानेपानी योजनाबाट घरघरमा पानी भर्ने सुबिधा पाएका स्थानियहरु घण्टौ लगाएर पानी ल्याउन बाध्य भएका छन ।
२०७० सालबाट सन्चालीत लिफ्टिङ खानेपानी प्रभावित भएपछि सुनसान भएको पधेरोको बाटोमा अहिले पानी बोक्ने स्थानियको भिड देखिन थालेको छ ।