गुल्मी
भदौ १३
चन्द्रकोट गाउँपालिका स्तरीय तीजगीत प्रतियोगीता सम्पन्न भएको छ ।
प्रतियोगीतामा २१ टिमको सहभागिता रहेको थियो । जसमा प्रथम पोलारिस इङलिस बोडिङ स्कुल चन्द्रकोट ८ तुराङ्ग गुल्मी भएको छ ।
द्धितिय ज्ञानोदय नमुना माध्यमिक बिद्यालय चन्द्रकोट ८, तृतीय उदय माध्यमिक बिद्यालय चन्द्रकोट ४ र सान्त्वना पिपलबोट आमा समूह चन्द्रकोट ४ भएका छन ।
प्रथम हुने टिमले रु २० हजार मेडल र प्रमाण पत्र , द्धितिय लाई १८ हजार मेडल र प्रमाण पत्र, तृतीय लाइ १६ हजार मेडल र प्रमाण पत्र र सान्त्वना लाई १० हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो
यसै गरि उत्कृष्ट नृत्य तर्फ ज्ञानोदय नमुना माध्यमिक बिद्यालय लाई रु १५०० प्रदान गरिएको थियो । उत्कृष्ट भेषभुषा पोलारिस इङलिस बोडिङ स्कुल चन्द्रकोट ८ तुराङ्ग गुल्मी लाई १५०० प्रदान गरिएको थियो ।
उत्कृष्ट अनुसासन मा रामकोट प्रावि लाई रु १५०० प्रदान गरिएको थियो । उत्कृष्ट बाध्यवाधकमा नवदुर्गा आमा समूह हर्राचौर लाई रु १५०० प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी टोलीको लागि रु ३००० उचित पुरस्कारको व्यवस्था गरिएको थियो ।
निर्णायक मण्डलमा सुवास के सि , गायक उदय पुन, बसन्ती अर्याल तथा सुभद्रा भण्डारी रहनु भएको थियो ।
कार्यक्रम संयोजक चन्द्रकोट गाउँपालिका उपाध्यक्ष राधिका अर्यालको संयोजकत्व, गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितिको उपप्रमुख तुलसा देवी श्रेष्ठ को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा महिला शसक्तिकरण सम्बन्धि तीज गीतहरु प्रस्तुत गरिएको थियो ।