रामकृष्ण कंंडेल
गुल्मी, भदौ १३ –
हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ५ स्थित
शारदा माद्यामिक बिद्यालयमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता तथा सामुहिक दर खाने कार्यक्रम सम्पन्न भएको छ।
गुल्मी दरबार गाउँपालिका ५ अमर अर्वाथोकका वडा अध्यक्ष लिला बहादुर बलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं गुल्मिदबार गाउँपालिका शिक्षा समिती सदस्य तारा गिरि रहनुभएको थियो ।
प्रमुख अतिथि एवं गुल्मिदबार गाउँपालिका शिक्षा समिती सदस्य गिरिले हिन्दुहरुको महान चाड तिजको जगेर्ना गर्दै जानुपर्ने र लोप हुनबाट रोक्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
बिद्यालयले तिज पर्वको अवसरमा कार्यक्रम आयोजना गरेकोमा उहाँले धन्यवाद दिनु भएको थियो ।
यस्तै बिद्यालयका प्रधानाध्यापक जिबलाल पौडेलले हरितालिका तिज पर्वको धार्मिक एवं सास्कृतिक महत्वको बारेमा प्रष्ट पार्दै बिधालयको शैक्षिक भौतिक अवस्था लगायतका गतिविधिको बारेमा समेत औल्याउनु भएको थियो।
आजै सम्पन्न अन्तर सदनात्मक तीज गीत प्रतियोगितामा पृथ्वी सदन प्रथम , बुद्ध सदन दोस्रो मंगल सदन तेस्रो र शुक्र सदन सान्त्वना भएका थिएका छन ।
बिजय समुहलाई प्रमुख अतिथी ,सभापति लगाएत अन्य अतिथी हरुबाट टीका तथा पुरस्कर द्वारा सम्मान गरिएको थियो ।
अतिथिहरु,सम्पुर्ण विद्यार्थी तथा शिक्षक स्टाफको बिचमा सामुहिक दर खाने कार्यक्रम भएको थियो।
अन्तर सदनात्मक प्रतियोगिताको निर्णायक मन्डलमा बिद्यालयका शिक्षक रमा पौडेल ,गीता खत्री ,रिता रजाली मगर र अम्बिका ढेगा रहनु भएको थियो।
गुल्मिदरबार गाउँपालिका शिक्षा समिती सदस तारा गिरिको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका पदाधिकारीहरु ,
स्वास्थ्य चौकी प्रमुख मदन श्रेष्ठ तथा अन्य कर्मचारी जनप्रतिनिधिहरु लगायत को सहभागिता रहेको थियो ।
कार्यक्रम बिधालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद कंडेलको सन्चालन मा सम्पन्न भएको थियो ।