भदौ १६ गलकोट
थमन थापा
नेपाल बैङ्क लिमिटेड गलकोट शाखाका प्रमुख देवी थापा बोहोराले महिलाहरु शिक्षित र चेतनशिल नभएसम्म
देशको समृद्वि नहुने बताउनु भएको छ ।
नाच्ने डॉडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको तीज महोत्सव २०७६ को
उदघाटन समारोहलाई सम्वोधन गर्दै बोहोराले यस्तो बताउनु भएको हो ।
लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डॉडाको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ आईतबार देखि
तीज महोत्सव सुरु गरिएको छ ।
सो अवसरमा महिला जागरण केन्द्र मल्मका कोषाध्यक्ष मिरा खडकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
महोत्सवको पहिलो दिन खुल्ला एकल नृत्य, सामुहिक नृत्य र विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको महोत्सव आयोजक
मुल समारोह समितिका संयोजक कोपिला खडकाले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुको सामुहिक खुल्ला नाचगान प्रस्तुत गरिएको थियो ।
तीजको मौलिक कला संस्कृतिको संरक्षण सम्वर्दन सॅगै गलकोट क्षेत्रकै ऐतिहॉसिक महत्व बोकेको धार्मिक तथा ऐतिहॉसिक
स्थल नाच्ने डॉडाको संरक्षण सम्वर्दन गर्दै शिद्वेश्वर शिवालय मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न,
नाच्ने डॉडा तीज महोत्सव आयोजना गरिएको महोत्सव प्रचार प्रसार संयोजक एवं समाजका सह सचिव थम्मन थापाले जानकारी दिनुभयो ।
तीजको अवसर पारेर आयोजना गरिएको महोत्सवमा बृहत तीज गीत तथा नृत्य प्रतियोगिता, सामुहिक नृत्य, एकल नृत्य,
खुल्ला तीज नाचगान, विभिन्न विधामा महिला अभिनन्दन, प्रायोजक तथा सहयोगदाता सम्मान सॅगै
राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहुरु बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोदोरी गायिका फुलमाया केसी,
चर्चित लोक दोहोरी गायक रेशम निर्दोश लगायतका कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति रहने महोत्सव आयोजक मुल समारोह
समितिले जनाएको छ ।
नाच्ने डॉडामा झण्डै २ सय वर्ष पहिले देखि तीज मेला हुॅदै आईरहेको छ । तीज महोत्सव नाच्ने डॉडा संरक्षण समाजको मुल आयोजना,
सिद्वेश्वर शिवालय सेवा समितिको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सह आयोजनामा सञ्चालन भईरहेको छ ।
नाच्ने डॉडा तीज महोत्सव नाच्ने डॉडा संरक्षण समाज मल्मका अध्यक्ष कोपीला खडकाको अध्यक्षता, सिद्वेश्वर शिवालय सेवा समितिका
अध्यक्ष ज्ञान बहादुर थापाको स्वागत र सचिव कोपीला थापा र सरस्वती केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।