स्याङ्जा
भदौ १८ –
स्याङ्जाको गल्याङमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
पाल्पाको रम्भा गाँउपालिकाको हुँगीबाट स्याङ्जाको गल्याङका लागि छुटेको ग १ ज ३८४१ नम्बरको जीप स्याङ्जाको गल्याङ नगरपालिका–३ दिमिकमा बुधबार दुर्घटनामा परेको थियो ।
एक जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उपचारका क्रममा पाल्पाको रम्भा गाउँपालिका–१ की ६० वर्षीया छलिमाया सार्की र ३२ वर्षीया मन्जु भण्डारीको ज्यान गएको हो
घटनास्थलमा स्याङ्जाको वालिङ नगरपालिका–१३ का नौ महिने बालक प्रसन्न परियारको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका पाँच जनाको पाल्पाको मिशन अस्पतालमा र १९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । उपचार भैरहेकामध्ये मिशन अस्पतालका एक जनाको र लुम्बिनी मेडिकल कलेजका चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
यसैबिच बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारुको ज्यान गएको हो ।