युगराज बस्याल
गुल्मी ,भदौ २१ –
कफि सहकारी सघं रुरु क्षेत्र गाउपालीका वडा नम्बर ४ बलेटक्सार गुल्मीको सातौ वार्षिक साधारण सभा नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
गाउपालीका अध्यक्ष तथा सहकारीका अध्यक्ष निलकण्ठ गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभाले कृष्ण पन्तको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा डिल बहादुर जिसि, सचिव भास्कर ज्ञवाली,कोषध्यक्ष मना भट्राई , सहसचिव गणेश कंडेल लगायत ११ सदस्य चयन हुनुभएको हो ।
कार्यक्रममा कफि सुपरजोन प्रमुख उमानाथ भण्डारीको प्रमुख आथित्यता,रुरु गाउपालीका उपाध्यक्ष लक्ष्मी पन्थ र छत्रकोट गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो । बिषयगत कार्यलयका प्रमुख लगायतको कार्यक्रममा आथित्यता रहेको थियो ।
संस्थाको प्रगति प्रतिवेदन डिल बहादुर जिसिले प्रस्तुत गर्नुभएको थियो ।भिम बहादुर लामिछानेल सहकारीको करिब ५१ लाख रुपैया बराबरको आयव्यय बिवरणे प्रस्तुत गर्नुभएको थियो ।
कफि सहकारीले राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा गुल्मीको अर्गानिक कफि निर्यात हुदै आएको छ ।
साधारण सभाले भिम बहादुर लामिछानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ । समितिको सदस्यमा राजेन्द्र थापा र शान्ता गरम्जा चयन हुनुभएको छ ।
सहकारीको निर्वाचन प्रक्रिया शालिकराम पौडेलको नेतृत्वमा हिमलाल पाण्डेय र हरिओम चौरासियाले सम्पन्न गर्नुभएको थियो ।